Rule 5
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार

ऐनमा लेखिए देखि वाहेक रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रतिलिपि अधिकारको संरक्षण गर्ने सम्बन्धमा आवश्यक काम गर्ने,
(ख) प्रतिलिपि अधिकारको दर्ता गरी त्यसको विवरण अद्यावधिक गराई राख्ने,
(ग) संस्थाको स्थलगत निरीक्षण गर्ने तथा त्यस्तो संस्थाबाट गरिने काम कारबाहीमा कुनै कमी कमजोरी भए सो सुधार गर्न आवश्यक निर्देशन दिने ।